FAQs Complain Problems

समाचार

९१ जना जेष्ठ नागरिकलाई सम्मान

माघ १०, अछाम
              चौरपाटी गाउँपालिका वडा नं.४ पायलमा जेष्ठ नागरिकलाई विहिबार सम्मान गरिएको छ । चौरपाटी गाउँ पालिकाको आयोजनामा जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम अन्र्तगत वडा नम्बर ४ पायलमा जेष्ठ नागरिक सम्मान गरिएको छ । नयाँ कामको सुरुवात गरौ जेष्ठ नागरिकलाइ सम्मान गरौ भन्ने मुल नाराका साथ चौरपाटी गाउँपालिकाले सातवटा वडामा जेष्ठ नागरिकसँंग अध्यक्ष कार्यक्रम संचालन गर्ने भएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले जेष्ठ नागरिकको कार्य अनुभवको उच्च सम्मान गर्नु पर्ने बताउनुभयो ।जेष्ठ नागरिकले गाउँ निर्माणमा पुगाउनु भएको योगदानको युवापुस्ताले सम्मान गर्न सक्नु पर्ने बताउनु भयो ।

       चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलका ९१ जना जेष्ठ नागरिकलाई सम्मान गर्दै सम्मानित हुनेहरुलाइ दोसल्ला टोपि, साबुन कालकेट ब्रस लगाएतका सामाग्री बितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष माया कुँवर,राजनीतिक दलका नेता, शिक्षक बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । वडा सचिब शिद्धराज जोशीले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सुरत कुँवरले राख्नुभएको थियो ।
                 यस्तै परिवार नियोजनका विविध कार्यक्रमका बरेमा पालिकास्तरीय अभिमुखिकरण तथा योजना तर्जूमा बैठक विहिबार सम्पन्न भएको छ । चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको बैठकमा परिवार नियोजन संग सम्ंबन्धित कार्यक्रमका बारेमा छलफल गरि योजना निर्माण गरिएको छ । बैठकको सहजीकरण आड्रा नेपालका शारदा अधिकारिले गर्नु भएको थियोे । अभिूमखिकरण कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य र सात वटै वडामा रहेका स्वास्थ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । बैठकको सञ्चालन स्वास्थ संयोजक कमल साउदले गर्नु भएको थियोे ।

आर्थिक वर्ष: