समाचार
उज्यालो चौरपाटिको नारालाइ सफल पार्न तिब्र गतिमा काम
राजेन्द्र कुवर , अछाम
उज्यालो चौरपाटिको नारालाइ सफल पार्न चौरपाटी गाउँ पालिका वडा नम्बर ६ दुनिको सेलपाखा टोलमा बिधुतिकरण देखि सेवा संचालन भएको छ । चौरपाटी गाउँ पालिकाका वडा नम्बर ६ दुनि सेलपाखा टोलका करिब ७५ घरधुरीमा केन्द्रीय प्रशारण लाइनबाट बिधुत सेवा संचालन भएको हो ।
बिधुत सेवा संचालनको स्वीच वालेर उदघाट्न गर्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले पिछडिएको बस्तिबाट बिकास निर्माणको सुरुवात गर्न लागिएको बताउदै जनतालाई स्थानीय सरकारको अनुभुती हुने गरि काम गरिने बताउनु भयो ।
उज्यालो चौरपाटिको नारालाई सफल पर्नका लागि गाउँ पालिकाले गरिरहेको कामको उच्च मुल्यांकन गर्दै बिकटका बस्तिवाट कामको सुरुवात गरेकोले धन्यवाद दिदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी सचिवालय सदस्य रामबहादुर आउजिले अझै पीडित जनताको पक्षमा काम गर्न आग्रह गर्नु भयो ।
गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रशाद जैशी ढुंगाना स्वास्थ संयोजक धनबहादुर थापा स्वास्थ सह संयोजक कमलबहादुर साउद लगाएत कर्मचारी स्थानीय बासिन्दाको उपस्थिति रहेको थियोे ।
बिधुत प्राधिकरण बितरण केन्द्र साफेबगर अछामका प्राबिधिक दिपकबहादुर खड्का मक्रबहादुर कुवर गाउँ पालिकाका बिधुत सहजकर्ताले १८ गते देखि काम गर्दै आएका थिए । बिधुत प्राधिकरणका कर्मचारी र सहजकर्तालाइ स्थानीय सेलपाखाबासिले सम्मान समेत गरेका थिए ।