FAQs Complain Problems

समाचार

दिगो बिकासका लागि सबै सरोकारवाला इमानदार भएर काम गर्नु पर्ने : गाउँपालिका अध्यक्ष साउद

राजेन्द्र कुवर, मंसीर १३ अछाम

चौरपाटी गाउँ पालिका वडा नम्बर १ सिउडिमा यस आर्थिक बर्षमा संचालन हुने योजनाको प्रभावकारी कार्यन्वयनका लागि एक दिने अभिमुखिकरण कार्याशाला गोष्ठी सप्पन्न भएको छ ।

भौतिक पुबाधारको क्षेत्रमा चौरपाटी गाउँ पालिकाबाट संचालन गरिने विभिन्न १२ वटा योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि आयोजना गरिएको अभिमुखिकरणमा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले दिगो बिकासका लागि सबै सरोकारवाला इमानदार भएर काम गर्नु पर्ने बताउनु भयो ।

सामाजिक संजालमा स्थानीय तह भ्रष्टाचारको अखाडा भयो भनेर बदनाम गर्ने काम भैरहेको समयमा आफ्नो गाउँ बस्तीमा निर्माण भैरहेका योजनाको हरेक उपभोक्ताले इमान्दार पुर्बक काम गरेर उचित समयमा अनुगमन गरि बिनियोजन गरेको बजेट अनुसार काम गरेमा भ्रष्टाचारको गन्ध न आउने बताउनु भयो ।

चौरपाटी गाउँ पालिकाले यस बर्ष संचालन गरिने विभिन्न योजनाका चरणका बारेमा स्वास्थ संयोजक धनबहादुर थापा इन्जिनियर लोकेन्द्र रावल स्वास्थ उप संयोजक कमलबहादुर साउदले गोष्टिको सहजीकरण गर्नु भएको थियोे ।

चौरपाटी गाउँ पालिका वडा नम्बर १ सिउडिका वडा अध्यक्ष शालिभान साउदको अध्यक्षतामा भएको अभिमुखिकरण गोष्ठीमा वडा सदस्य पदमबहादुर शाहले स्वागत गर्नु भएको थियो । चौरपाटी गाउँ पालिकाको आयोजनामा भएको गोष्ठीमा वडा नम्बर १ सिउडिका १२ योजनाका ३६ जनाको सहभागीता रहेकोे थियोे ।

आर्थिक वर्ष: