FAQs Complain Problems

समाचार

वाक नेपाल बुलगारी परियोजनाको चौरपाटिमा अनुगमन

राजेन्द्र कुवर, पुस, ०३ अछाम 

वाक नेपाल यूवा सशक्तीकरण बुलगारी परियाेजना र चाैरपाटी परियाेजनाद्वारा गरिएका क्रियाकलापकाे चाैरपाटी गाउँपालिकाकाे टाेली द्वारा अनुगमन गरिएकाे छ । टाेली द्वारा परियाेजनाले गरेका क्रियाकलाप वारे वाक नेपालका कार्यकारी निर्देशक देविलाल उपाध्याय ले जानकारी गराउनु भएकाे थियाे ।

विद्यालयले वाक नेपाल यूवा सशक्तीकरण परियाेजना अन्तरगत दया पिपलतोला माध्यमिक बिधालय लुग्रामा शिक्षक विद्यार्थीकाे एक अर्काकाे मूल्यांकन गर्ने, शिक्षक विद्यार्थीकाे हाजिर वाेर्ड राखेर अनुपस्थिति हुनेकाे दर कमि ल्याएकाे उपाध्यायले जानकारी दिनु भयाे । अनुगमन टाेलीले शान्ति मावि मार्कुकाे पनि अनुगमन गरेकाे थियाे । शान्ति माविले अामा सम्मान कार्यक्रम प्रभावकारी भएकाे छ ।
यस्तै टाेली मार्कु स्थित शान्निकाेट कुखुरा दाना उद्याेगकाे पनि अनुगमन गरिएकाे थियाे ।

अनुगमन पछि उद्याेग सञ्चालकले दाना उत्पादन गरे पनि निर्यात हुन नसकेकाे गुनासाे गरेका थिए । उद्याेग सञ्चालकले अायातित दाना भन्दा गाउँपालिकाकाे उत्पादन निर्यातका लागि गाउँपालिकालाई अाग्रह गरेका थिए । अनुगमन टाेलीकाे समिक्षामा वाक नेपाल बुलगारी परियाेजनाले गरेका कार्य प्रंसनिय भएकाे भन्दै लागू नभएका अन्य वडामा पनि कार्यक्रम लागू गर्न अनुराेध गरेका थिए ।

अनुगमन टाेलीले चाैखुट्टे वजारमा अवस्थित करन विककाे माेटर वाईक मर्मत वर्कसप, दुनि स्थित कुखुरा व्यवसायी लक्ष्मण खडका र दिनेश विक सँग अन्तरक्रिया गरिएकाे थियाे ।

अनुगमन टाेलीमा प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी ढुंगाना, वडा नं २ का अध्यक्ष नारायण साउद, ३ का अध्यक्ष राम बहादुर साउद, ४ का अध्यक्ष हर्क बहादुर लाेहार, ५ का अध्यक्ष टेक बहादुर खडका, ६ का अध्यक्ष मने साउद, ७ का अध्यक्ष गणेश बहादुर वाेगटी, कार्यपालिका सदस्य शिव विक, करी काेली, १ न का वडा सदस्य पदम बहादुर शाह, वाक नेपालका काेषाध्यक्ष निरा कडायत, कार्यकारी निर्देशक देविलाल उपाध्याय, स्राेत ब्यक्ति तक्ष बहादुर शाह लगायतकाे सहभागिता रहेकाे थियाे ।

आर्थिक वर्ष: