समाचार
गाँउमा खानेपानी आएपछि स्थानियमा खुशी
खानेपानीको समस्यामा परेका चौरपाटी १ का बासिन्दाहरु गाँउमा खानेपानीको ट्याकीं र धारा बने पछि खुशी भएका छन् ।
आफ्नै गाँउमा खानेपानीका लागी दुई ओटा खानेपानी टंकी र सातवटा धारा बनेपछि पियासल्लाबासीहरुमा खुशि छाएको हो । २७ घरधुरीका १ सय २७ जनालाई लक्षित गर्दै रुडेक नेपाल नामक गैर सरकारी संस्थाले गाँउमा खानेपानीको व्यवस्था गरि दिएको हो । भट्टेखोला पिया सल्ला खानेपानी योजना नाम दिईएको उक्त योजना निर्माणमा २३ लाख १६ हजार ७ सय ६६ को कुल लागतमा निर्माण कार्य सम्पन्न भएको हो । योजना निर्माणमा स्थानियहरु ६ लाख २ हजार ३ सय ५९ को जनश्रमदान गरेका थिए ।
निर्माण कार्य देखी नै उक्त आयोजनाको चौरपाटी गाँउपालिकाले अनुगमन गरिरहेको थियो । निर्माण सम्पन्न भए पछि सोमबार तेस्रो पटक आयोजनाको अनुगमन गाँउपालिकाका अध्यक्ष हर्क बहादुर साँउदको नेतृत्वमा सम्पन्न भएको छ । योजनाको अनुगमन गर्दै अध्यक्ष साँउदले निर्माण कार्य चुस्तजुरुस्त देखीएकोमा सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको छ । अनुगमनका क्रममा बोल्दै अध्यक्ष साँउदले जनताले हरेक योजनामा अपन्वत्वको भावनाले काम काम गरे भौतिकपुर्बाधारको बिकासमा दिगोपन हुने बताउनु थियो ।
खानेपानी योजना निर्माणमा आर बि डब्लु आर एम पि को प्राविधिक आर्थिक सहयोगमा रहेको थियो । उपभोक्त समितिका अध्यक्ष लालबहादुर साँउदको अध्यक्षतामा सोमबार नै आयोजनाको सार्वजनिक सुनुवाइ समेत सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण रूडेक नेपालका टिकेन्द्र भण्डारीले गर्नु भएको थियो ।