FAQs Complain Problems

समाचार

नमुना गाउपालिका बन्दै चौरपाटी गाउपालिका ।।

अछामको चौरपाटी गाउँपालिकाले महिलाहरुलाई उद्यमी बनाउने अभियान सुरु गरेको छ । महिलाहरुलाई उद्योमी बनाउनका लागी चौरपाटीको वडा नम्बर ४ को कार्यालयले ४५ दिने हाते होजियारी सीप बिकास तालिमको सुरु गरेको हो ।

तालिमकोे उद्घाटन गाँउपालिकाका उपाध्यक्ष माया कुँबरले एक कार्यक्रमका बिच गर्नु भएको हो । वडा नम्बर ४ का वडा अध्यक्ष हर्क लुहारको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा बोल्दै उपाध्यक्ष कुँवरले महिलाहरुले सीप सिकेर आर्थिक रुरपमा आत्मनिर्भर बन्नु पर्ने आजको आबश्यकता भएको बताउनु भएको छ ।

गाँउपालिकाका महिलाहरुको विकास तथा उन्नतीका लागी पालिकाले विभिन्न आयमुलक तथा शिपमुलक कार्यक्रमहरु समेत संचालन गर्ने कुँबरले बताउनु भएको छ । तालिमको उद्घाटन शत्र घरेलु तथा साना उद्योग बिकास समितिका उद्यम बिकास सहजकर्ता चेतराज पनेरूले संचालन गर्नु भएको थियो । उक्त तालिममा १५ जना महिलाहरु सहभागीता रहेको छ ।

आर्थिक वर्ष: