FAQs Complain Problems

समाचार

सामाजिक जबाफदेहिता कायम गर्न सरोकारवाला प्रतिबद्ध

साउन ४,अछाम
           चौरपाटी गाउँपालिकामा आगामी दिनमा सामाजिक जबाफदेहिता कायम गरी अघि बढन सबै सरोकारवाला प्रतिबद्ध भएको प्रशिक्षण तालीमका सहभागीले बताएका छन । सो प्रतिबद्धता चौरपाटी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि सामाजिक जबाफदेहिता सम्बन्धि तीन दिने प्रशिक्षण कार्यक्रम संचालन गर्दा जनाएका हुन । प्रशिक्षण कार्यक्रममा बोल्दै चौरपाटि गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले समझदारी जिम्मेवारी र इमानदारी बोधका साथ काम गरे पछि शुसासन कायम हुने भएकोले सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो । सामाजिक जबाफदेहिता कायम गर्नका लागि चौरपाटी गाउँपालिकाले विभिन्न बिकास साझेदार संघ संस्था संग साझेदारी गरेर अगाडि बढ्ने अध्यक्ष साउदले बताउनु भयो ।

            प्रशिक्षण कार्यक्रममा सुशासन सामाजिक जबाफदेहिता सार्बजनिक परिक्षण सार्बजनिक सुनुवाइ सामाजिक परिक्षण लगाएतका विषयबस्तुलाई समेटिने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद ढुंगानाले बताउनु भयो । स्थानीय ग्रामीण बिकास प्रशिक्षण केन्द्र डोटि र जाइकाले आयोजना गरेको प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष कार्यपालिका सदस्य र कर्मचारीको सहभागिता रहेको छ । तिन सम्म संचालन हुने प्रशिक्षणमा स्थानीय ग्रामीण बिकास प्रशिक्षण केन्द्र डोटिका निर्देशक तपेन्द्र रिजाल र जाइकाका संगिता रानाले सहजीकरण गरि रहनु भएको छ ।

आर्थिक वर्ष: