FAQs Complain Problems

समाचार

गाउँपालिका अध्यक्ष साउदको नेतृत्वमा बिधुतको पहुँचबाट टाढा रहेको सोकटका विभिन्न टोलमा निरीक्षण

राजेन्द्र कुवर, २३ अछाम

उज्यालो चौरपाटीको अभियानलाई सफल पार्न चौरपाटी गाउँ पालिकाका अध्यक्षको नेतृत्वमा बिधुतको पहुँचबाट टाढा रहेको वडा नम्बर २ र ३ सोकटका विभिन्न टोलमा स्थलगत निरीक्षण गरेको छ । स्थलगत निरीक्षणको क्रममा वडा नम्बर २ र ३ सोकटमा लाग्ने सानो ठुलो पोल तार र ट्रान्स्मिटर लगाएत बिधुतिकरणका लागि आवश्यक सामाग्रीका बारेमा लागत स्टमेट समेत गरिएको छ ।

लागत स्टमेट अनुसार वडा नम्बर २ को चौपाकाखाल दशपल्ले पानी मा बि र बगरमा ३ वटा ट्रन्स्मिटर रहने छन भने वडा नम्बर ३ सोकटमा डुग्री लेक छतरा र गगुडा गरि ६ वटा रहने बिधुत प्राधिकरण बितरण अछाम साफेबगर केन्द्रका प्रमुख बिजयराज रेग्मीले बताउनु भयो ।

चौरपाटी गाउँ पालिका वडा नम्बर १ सिउडिको गैरिलेक बजार देखि वडा नम्बर २ र ३ मा ११ के बि लाइन र बितरण लाइन बिस्तारका लागि १५ किलोमिटरका लागि पोल तारको आवश्यक पर्ने स्टोरकिपर चित्र बजगाइले बताउनु भयो ।
चौरपाटी गाउँ पालिकाका ७ वटा वडा मध्य वडा नम्बर २ र ३ सोकट बिधुत सेवा पुगेको थिएन बिधुत लाइन बिस्तारका लागि गाउँ पालिकाको पहलमा नेपाल बिधुत प्राधिकरण अछाम बितरण केन्द्र साफेबगरको सहयोगमा बिकटका बस्तीमा बिधुतिकरणका कामले चौरपाटिमा तिब्रता पाएको छ ।

चौरपाटी गाउँ पालिकाको वडा नम्बर २ र ३ मा गरिएको स्थलगत निरीक्षणमा गाउँ पालिकाका उपाध्यक्ष माया कुवर प्रमुख प्रशासकीय अधिकृत गणेश प्रशाद जैशी ढुंगाना बिधुत प्राधिकरणका प्राबिधिक दिपक खड्का लगाएत जनप्रतिनिधि स्थानीय बासिको सहभागिता रहेको थियोे ।

आर्थिक वर्ष: