समाचार
गुणस्तरीय शिक्षा कायम गर्न पायलका विभिन्न बिधालयको अनुगमन
राजेन्द्र कुवर, मंसीर २२ अछाम
गुणस्तरीय शिक्षा कायम गराउनका लागि चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलका विभिन्न बिधालय आज अनुगमन गरिएको छ । अनुगमनको क्रममा शिक्षक बिद्यार्थीको उपस्थितिको जानकारी लिनुका साथै शैक्षिक अवस्थाका बारेमा सम्बन्धित बिधालयका प्रधानाध्यापक संग छलफल गरिएको थियोे ।
चौरपाटि गाउँ पालिका वडा नम्बर ४ पायलमा रहेको बैजनाथ माध्यमिक बिधालय र मस्टामाण्डौ आधारभुत बिधालयमा गरिएको अनुगमनमा शैक्षिक सुधार गर्नका लागि आग्रह गरिएको छ । बैजनाथ माध्यमिक बिधालयमा गरिएको अनुगमनमा १९ जना शिक्षक मध्य बिहान १० बजे आउने र जाने दुबै समयको २ जनाले हाजिर गरेका छन भने आएर पनि हाजिर नगर्ने ४ जना शिक्षक रहेका छन ।
बैजनाथ माबि पायलमा घाम ताप्दै शिक्षक
मस्टामाण्डौ आधारभूत बिधालयमा १२ जना शिक्षाकमा १० जनाले हाजिर नै गरेका छैन भने बिदामा बसिएका शिक्षकको पनि कुनै निवेदन नै रहेको छैन ।मौखिक रूपमा बिदा दिने र स्वीकृत हुने पुरानो रोग भएको शिक्षकले आफै स्वीकार गरेका छन ।
बिधालयमा शिक्षक आएर पनि विभिन्न बाहानामा कक्षामा गएर नपढाएको आम अभिभावकको निकै जनगुनासो रहे पनि बैजनाथ माध्यमिक बिधालयका प्रधानाध्यापक शम्भु कुवरले स्वीकार गर्नु भएको छैन त्यो आरोप मात्रै भएको बताउदै सिकाइ उपलब्धिको सुधारले मात्रै प्रमाणित हुने बताउनु भयो ।
मस्टामाण्डौ आ बि मा गफगाफ गर्दै शिक्षक
बैजनाथ माध्यमिक बिधालमा ४ सय ७१ बिद्यार्थी रहे पनि ३ सय ५१ जनाको उपस्थिति रहेकोे थियोे भने मस्टामाण्डौ आधारभूत बिधालयमा २ सय ५४ रहेकोमा १ सय ४९ जना बिद्यार्थीको उपस्थिति रहेको बिधालय प्रशासनले जानकारी दिएको छ ।
चौरपाटी गाउँ पालिकाको शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि विभिन्न गतिविधि संचालन गर्न लागि रहेको समयमा सूचना प्रबिधी अधिकृत मुकेश कुवरको नेतृत्वमा विभिन्न बिधालयको अनुगमनको कार्यले तिब्रता पाएको छ ।