समाचार
सफा स्वच्छ खानेपानीमा हरेक नागरिकको सजिलै पहुँच पुगाउने : अध्यक्ष साउँद
राजेन्द्र कुवर अछाम
सरसफाइ उन्मुख गाउँ पालिका घोषणाको न्युनतम शर्त पूरा गर्नको लागि चौरपाटी गाउँ पालिकाले एक घर एक धाराको निर्माण कार्यलाइ अगाडि बढाउन टोल स्तरिय छलफल तथा अन्तरक्रिया सप्पन्न भएको छ ।
चौरपाटी गाउँ पालिका वडा नम्बर २ सोकट भट्किरामा गाउँ पालिकाको टोलि सहित स्थानीय बासी संग एक घर एक धाराको अवधाराणाका बारेमा छलफलमा बोल्दै अध्यक्ष हर्कबहादुर साउदले सफा स्वच्छ खानेपानीमा हरेक नागरिकको सजिलै पहुँच पुगाउने उदेश्य रहेको बताउनु भयो ।
आर भि डब्लु आर एम्पिको सहयोगमा गत बर्ष चौरपाटी गाउँ पालिका वडा नम्बर १ सिउडिका विभिन्न टोल वडा नम्बर ४ पायलमा एक घर एक धारा निर्माण भै सफल प्रयोग भएकोले यो अवधारणा सबै वडामा प्रयोग गरिने गाउँ पालिकाका उपाध्यक्ष माया कुवरले बताउनु भयो ।
सरसफाइ उन्मुखको पहिलो सर्त नै स्वच्छ खानेपानीको उपलब्धता भएकोले गाउँ पालिकाका सबै वडामा दिगो र स्व्च्छ खानेपानीमा पहुँच पुगाउनका लागि सहयोग गर्न सरोकारवालालाई प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद जैशी ढुंगानाले आग्रह गर्नु भयो ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा रुडेक नेपालका प्राबिधिक नृपबहादुर कुमाल गाउँ पालिका खानेपानी तथा सरसफाइ शाखाका प्रमुख रामराज रोक्का मगर लगाएतको सहभागिता रहेको थियोे ।