समाचार
पायलको मदनेमा खानेपानी तथा सरसफाइ आयोजनाको उदघाटन
असाढ ८ अछाम : चौरपाटी गाउँपालिका वडा नं ४ स्थित पायलको मदनेमा खानेपानी तथा सरसफाइ आयोजनाको उदघाटन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पुर्ब उपप्रधानमन्त्री भिम बहादुर रावलले खानेपानीको उदघाटन गर्नुभएको छ ।
खानेपानी उदघाटन कार्यक्रममा बोल्दै पुर्ब उपप्रधानमन्त्री रावलले निर्माण गरीएका धाराको संरक्षण गर्नको लागि आग्रह गर्नुभयो । उहाले पानी जीवन सङ्ग जोडिएको कारण निर्माण गरीएका धाराको संरक्षण गर्दै सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।
गाउँपालिकाको २८ लाख र मद्नेका स्थानीयको ४ लाखको सहयोगमा ४८ घरमा ४८ वटा धारा निर्माण गरीएका छ्न । चौरपाटी गाउँपालिका अध्यक्ष हर्क साउदको अध्यक्षतामा भएको खानेपानीको उदघाटन कार्यक्रममा रास्ट्रिय सभा सदस्य शेर बहादुर कुंवर,
प्रदेस सभा सदस्य गोबिन्द कुवर,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेस कमिटी सदस्य केसर साउद,मीन बहादुर कुंवर,शंकर भण्डारी,बम बहादुर बिसि लगाएतको सहाभागीता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष माया कुवरले कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया कुवरले स्वागत मन्तव्य राख्नु भएको थियो ।