FAQs Complain Problems

समाचार

पानीका मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण

साउन ८,अछाम
         चौरपाटी गाउँपालिकाले यो आर्थिक वर्षमा पनि रिचार्ज पोखरी निर्माण कार्यलाई निरन्तरता दिएको छ । गाउँपालिकाका सबै वडाका टोल टोलमा खानेपानीका मुहान सुक्दै जान थाले पछि गत आर्थिक वर्ष पनि रिजार्च पोखरी निर्माण गरिएको थियो । पानीको मुहान संरक्षणको लागि रिचार्ज पोखरी निर्माण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले बताउनु भयो । रिचार्ज पोखरी निर्माण गरे सुक्न लागेका पानीका मुहानमा केही राहत हुने अध्यक्ष साउँदको दावि रहेको छ ।

               अध्यक्ष साँउदले रिचार्ज पोखरी निर्माणले बस्तुभाउ तथा वन्यजन्तुलाई पानी पिउन सहयोग हुनुका साथै वनजंगल समेत हरियाली हुने बताउनु भयो । गत आर्थिक बर्षमा साना ठुला गरी २ हजार ५० रिचार्ज पोखरी निर्माण गरिएको र यो आर्थिक वर्षमा संख्यात्मक भन्दा ठुला आकारका रिचार्ज पोखरी निर्माण गरिने गाउँपालिका अध्यक्ष साउँदको भनाई रहेको छ । 

          गाउँपालिका उपाध्यक्ष माया कुवँरले पुर्खाले निर्माण गरेका भैंसी बस्ने खालको संरक्षण गर्न नसक्दा पानीका मुहान सुक्न थालेको बताउनु भयो । पानीका मुहान संरक्षणका लागि अभियान सञ्चालन गरिएको उपाध्यक्ष कुवँरको भनाई रहेको छ । उहाँले रिचार्ज पोखरी निर्माण गर्न सम्पूर्ण आम चौरपाटी वासीलाई समेत आग्रह गर्नु भयो । उहाँले गाउँपालिकाको विकासका लागि सबै एकजुट भए मात्र विकास सम्भव रहेको धारणा ब्यक्त गर्नु भयो । 

गत बर्ष निर्माण गरिएका रिचार्ज पोखरी
तस्विरः कालु बोहरा
                गाउँपालिकाले रिचार्ज पोखरी निर्माणका लागि चालु आर्थिक बर्षमा गाउँपालिकाको निति तथा कार्यक्रममा समेत पारित गरिसकेको छ । रिचार्ज पोखरी निर्माणको लागि साउन ७, ८ र ९ गतेलाई अभियानको रुपमा मिती घोषणा गरेको छ ।

 

Share to Facebook

Share to MessengerShare to TwitterShare to ViberShare to WeChatShare to WhatsApp

आर्थिक वर्ष: