FAQs Complain Problems

समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमको चौरपाटी गाउँपालिकामा सुरुवात

प्रधानमन्त्री रोजागार कार्यक्रमको एक समारोहका बिच चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले गर्नु भयो ।

 

राजेन्द्र कुवँर चौरपाटि असाढ ६ अछाम

प्रधानमन्त्री रोजागार कार्यक्रमको एक समारोहका बिच चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले गर्नु भयो । चौरपाटी कृतिखाम सडक खण्डको नाली खन्ने कामको उदघाट्न गर्दै अध्यक्ष साउदले गाउ बस्तिको बिकास गर्न जनताको उत्साह जनक सहभागिताको आवश्यकता रहेको बताउनु भयो ।

स्थानीय स्तरमा रोजगारीको शृजना भै गाउको बिकासमा ठुलो टेवा पुग्ने भएकोले प्रधानमन्त्री रोजगार कार्यक्रममा जनताको उल्लेखनीय सहभागिता रहेको अध्यक्ष साउदले बताउनु भयो ।

चौरपाटी गाउँ पालिकाका उपाध्यक्ष माया कुवरले गाउँ समाज र भौतिक पुरबाधारको बिकासको हरेक क्षेत्रमा महिलाको समान सहभागिताले मात्रै दिगो बिकास हुने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) जिल्ला कमिटीका सदस्य रामबहादुर थापाले आधारभुत तहका हरेक नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले राहत दिएको बताएका छन ।

चौरपाटी गाउँ पालिकामा १ हजार ९ सय जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आबेदन भरे पनि करि १ हजार जनाले मात्रै काम दिन सकिने निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापाले बताउनु भयो ।

दैनिक ८ घण्टा काम गर्नु पर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम काम गरे बाफत हरेक दिनको ५ सय ७० रुपैया ज्याला पाउने चौरपाटी गाउँ पालिकाका रोजगार संयोजक कैलाश भट्टले बताउनु भयो ।

आर्थिक वर्ष: