FAQs Complain Problems

समाचार

चौरपाटीमा अनिवार्य तथा आधारभुत शिक्षा वडा घोषणा

बालबालिकालाइ बिधालय ल्याउ टिकाउ र सिकाउ भन्ने मुल नाराका साथ चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलमा अनिवार्य तथा आधारभुत शिक्षा वडा घोषणा गरिएको छ ।
चौरपाटी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हर्क लुहारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा, चौरपाटी गाँउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हर्कबहादुर साउदले सभालाई सम्वोधन गर्दै सबै बालबालिकाको शिक्षामा सजिलै पहुँच पुग्नु पर्ने र यस विषयमा सबै क्षेत्रका व्यक्तिहरु सचेत रहनु पर्ने बताउनु भएको छ ।
अबको शिक्षा जीवन उपयोगी र हरेक नागरिकलाई प्राबिधिक तथा सिपमुलक शिक्षा दिनु पर्ने अबस्था आएको अध्यक्ष साउदले बताउनु भएको छ । आफ्नो कार्यकाल भित्र नै हरेक वडालाई व्यवसायीक बडा बनाउने योजना सहित शिक्षामा परिवर्तन ल्याउन आफुलागी रहेको समेत बताउनु भएको छ ।
कार्यक्रममाको उदेश्य माथी शिक्षा शाखा प्रमुख तक्षबहादुर शाहले प्रकाश पार्नु भएको थियोे । त्यस्तै सामाजिक परिचालक नन्द सिंह लुहारले संचलन गर्नु भएको थियो । वडा सदस्य सुरतबहादुर कुवर स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा सयौको संस्थाको सहभागीता रहेको हाम्रा सहकर्मि राजेन्द्र कुबँरले जानकारी दिनु भएको छ ।

आर्थिक वर्ष: