FAQs Complain Problems

समाचार

रिचार्ज पोखरी अभियान सफल पार्न चौरपाटिमा कर्मचारीको बैठक सप्पन्न

जलबायु परिवर्तन संगै पानीका मुहानका श्रोतमा कमि भै रहेको समयमा चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरी अभियान ०७६ सफल पार्नका लागि कर्मचारीको बैठक सप्पन्न भएको छ । कर्मचारीको बैठकमा बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले जलबायुका असरमा कमि ल्याउनका लागि रिचार्ज पोखरीलाई अभियानको रूपमा अघि बढाएकोले आवश्यक सहयोग गर्न आग्रह गर्नु भयो ।

बैठकमा बोल्दै चौरपाटी गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रशाद ढुंगानाले गाउँ पालिकाले गरेका निर्ण्यलाइ कार्यनयन गर्न कर्मचारीले कुनै कुरामा कमि हुन नदिन अनुरोध गर्नु भयो । रास्ट्र सेवक कर्मचारीले जनता प्रती उत्तरदायी भएर इमानदार भै काम गरेमा नजिकै रहेकोे सरकारको अनुभुती हुने बताउदै रिचार्ज पोखरी निर्माण गर्ने अभियानलाई सफल पार्न आग्रह गर्नु भयो ।

रिचार्ज पोखरी अभियान २०७६ को अभियान सफल पार्नका लागि साउन ६ गते चौरपाटी गाउँ पालिकाका सात वटै वडामा सरोकारवालासंगको तयारी बैठक बस्ने भएको छ । वडामा बस्ने बैठकको सहजीकरण गर्न र तयारीका बारेमा जानकारी गराउनका लागि गाउँ पालिकाबाट कर्मचारी परिचालन गरिएको स्वास्थ शाखा संयोजक धनबहादुर थापाले बताउनु भयो ।

अछाम जिल्ला लगाएतका विभिन्न स्थानीय तहले डिपबोरिङ्ग मार्फत पानी निकाली रहेको समयमा चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरी निर्माणमा जोड दिएर अभियानको रूपमा अगाडि बढाउन लागि रहेको छ । गत बर्ष मात्रै चौरपाटी गाउँ पालिकाले करिब २ हजार भन्दा बढी रिचार्ज पोखरी निर्माण गरेको थियोे भने यस बर्ष करिब ५ सय मिटर लामो मानव निर्मित ताल निर्माण गर्नुका साथै ठुलो संख्यामा रिचार्ज पोखरी निर्माण गरिने छ ।

आर्थिक वर्ष: