समाचार
चौरपाटी गाउँपालिका अध्यक्ष साउदको नेतृत्वमा पायलका विभिन्न योजनाको अनुगमन
राजेन्द्र कुवर , पुष ०१ अछाम
चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदको नेतृत्वमा वडा नम्बर ४ पायलका विभिन्न भौतिक पुर्बाधारका योजनाको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ ।
चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलको लासबाट पर्यटकिय स्थल जिम्राणी धाम जोड्ने झुलुङ्गे पुल तिर्थस्थलमा निर्माण भएका दुई वटा तिर्थालुका लागि बस्ने आवास र चित्रे मंगलसैन जोड्ने पक्कि मोटरेवल पुलको अनुगमन गरेको छ ।
पक्कि माेटरेवल पुललाई छिटाे सम्पन्न गर्न निर्माण कम्पनिलाई निर्लेशन दिनु भयाे । सुदुरपश्चिम प्रदेशको बिनियोजित १ करोड ६४ लाखको लागतमा बनेको झुलुङ्गे पुलको सुर्य कन्ट्रक्सन बझाङले समयमा निर्माण गरेको वडा नम्बर ४ का वडा अध्यक्ष हर्क लुहारले बताउनु भयो ।
निरिक्षणकाे क्रममा अध्यक्ष साउदले भाैतिक पूर्वाधार विकास निर्माणका याेजनाहरु दिगाे र भरपर्दाे बनाउन गाउँपालिकाले याेजनाकाे नियमित निरिक्षण गर्ने बताउनु भयाे ।
निरिक्षण टाेलीमा चाैरपाटी गाउँपालिका वडा नं४ का वडा अध्यक्ष हर्क लाेहार, प्रेस सल्लाहाकार राजेन्द्र कुँवर, वडा सदस्य सुरत कुँवर, चाैरपाटी गाउँपालिका नेकपाका गाउँ संगठन कमिटी सचिव शंकरमान बाेहरा लगायतकाे सहभागिता रहेकाे थियाे ।