FAQs Complain Problems

समाचार

१० ओटा स्थानिय तह मध्य चौरपाटी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

भाद्र २२ अछाम
 

     राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले चौरपाटी गाउँपालिकाले थालेका अभियानहरु सफल हुन आवश्यक रहेको बताउनु भयो । चौरपाटी गाउँपालिकाको साक्षर घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कुँवरले अभियान कार्यक्रमलाई निरन्तरता दिदै कार्यन्वन दिनु पर्नेमा जोड दिनु भयो ।

     कार्यक्रमका विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य मना कुमारी साँउद मीनाले गाउँपालिका साक्षर  घोषणा गरेर मात्र  नहुने भन्दै अभियानलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । उहाँले  साक्षर घोषणा सँगै रुढिवादि परम्पराको अन्त्य गर्नु पर्ने बताउनु भयो । उहाँले गाउँपालिका रहृको छाउपडि कुप्रर्था, वालविवाह न्यूनिकरण गर्नु पर्नेमा जोड दिनु भयो ।

       चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर रहनु भएको थियो । विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य मना कुमारी साउद मीना रहनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवर, मंगलसेन नगर प्रमुख पदम बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रममा गाउँपालिका स्थित विभिन्न विद्यालयका विद्यार्थीले विभिन्न साँस्कृति झाँकि प्रस्तुत गरिएका थिए ।  प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी ढुंगानाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक धन बहादुर थापाले गर्नु भएको थियो ।

       अछामका १० ओटा स्थानिय तह मध्य चौरपाटी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरीएको छ । साक्षर नेपाल, समृद्ध नेपाल र सुखि नेपाली भन्ने नाराका साथ पहिलो साक्षर गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका  १५ बर्ष देखि ६० बर्ष मूनिका ९६ प्रतिशत जनता साक्षर भएसँगै गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

      गाउँपालिकाको १५ बर्ष देखि ६० बर्ष मूनिका ११ हजार ६ सय ७० निरक्षर रहेको जनसंख्या मध्ये ६ हजार १ सस १६ महिला र ५ हजार ५ सय ५४ पुरुष गरी ११ हजार २ सय २६ साक्षर रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा अब बाँकी १५ बर्ष देखि ६० बर्ष मूनिका ४ सय ४४ जना मात्र निरिक्षर रहेको गाउँपालिकाको तथ्याङ्कमा जनाएको छ । वडा नं. १ सिउडीमा १५ बर्ष देखि ६० बर्ष मूनिका १ हजार ७ सय ९२ जनसंख्या मध्ये १ हजार ६ सय ९६ साक्षर र ९६ जना मात्र निरिक्षर रहेको तथा ९५ प्रतिशत साक्षर रहेको तथ्याङ्क उल्लेख गरिएको छ ।

    यस्तै वडा नं. २ हजार ५ सय ७० मध्ये २ हजार ४ सय ६६ साक्षर तथा १ यस ४ निरिक्षर गरी ९६ प्रतिशत साक्षर रहेको छ । उता वडा नं. ३ सोकटमा १ हजार २ सय ५० जनसंख्या मध्ये १ हजार १ सय ८२ साक्षर तथा ६८ जनसंख्या निरिक्षर, वडा नं. ४ पायलमा २ हजार ३ सय ९८ मध्ये २ हजार ३ सय ५९ साक्षर तथा २३ जना मात्र निरिक्षर रहेको तथ्याङ्क रहेको छ ।

      यस्तै वडा नं. ५ लुंग्रामा १ हजार ४ सय ९६ मध्ये १ हजार ४ सय ३१ साक्षर संख्या तथा ६५ जना मात्र निरिक्षर, वडा नं. ६ दुनीमा १ हजार २ सय ५० मध्ये १ हजार २ सय २२ साक्षर तथा २८ जना मात्र निरिक्षर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै वडा नं. ७ मार्कुमा भने ९ सय १४ जनसंख्या मध्ये ८ सय ७० साक्षर तथा ४४ जना निरिक्षर रहेको तथ्याङ्कमा उल्लेख रहेको छ ।

      अछाम जिल्लालाई २०७६ भाद्र मसान्त सम्म साक्षर जिल्ला घोषणाको तयारी अन्तरगत आज गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो । साक्षरता पालिका घोषणाको लागि मोवाईल तथा घडि हेरी समय बताउन सक्ने, ० देखि ९ सम्मको अंक बताउन सक्ने, बैँक भौचर भर्न सक्ने, ट्राफिक चिन्ह चिन्न सक्ने लगायतका चिन्न वा भन्न सक्ने भए वडा वा पालिका साक्षर घोषणा गर्न सकिने नेपाल सरकारको अवधारणा रहेको छ ।

आर्थिक वर्ष: