FAQs Complain Problems

समाचार

लोप हुन लागेका कलासंस्कृति जगेर्नामा जुट्यो अछामको चौरपाटी गाँउपालिका

नरेन्द्र रावल – असार  , अछाम ।परंम्परागत लोक संस्कृति लोप भैरहेका बेला पछिल्लो समय अछामको चौरपाटि गाँउपालिका संस्कृर्ति संरक्षण अभियानमा जुटेको छ । स्थानिय कला संस्कृर्तिको संरक्षण गरौ आन्तरिक पर्यटनको प्रबद्र्धन गरौ भन्ने मुल नाराका साथ गाँउपालिकाले बृहत दुई दिने सांस्कृतिक उत्सब कार्यक्रम गरेको छ ।

कला संस्कृतिको माध्यामबाट आन्तरिक तथा बाहीरिय पर्यटन प्रर्बद्धन गर्ने उदेस्यले लोप हुदै गयका स्थानिय झाँकी होली, भुवोनाच, पुतला, पर्छो, न्याउले खेल लगायतका स्थानिय संस्कृति प्रर्दशन गरीयका छन ।

बृहत सांस्कृतिक उत्सब कार्यक्रम गरेको उदघाटन गर्दै साँफे बगर नगर पालिकाका प्रमुख कुल बहादुर कुँवरले हरेक बिकासमा पछाडि परेको सुदुरपश्चिमको अछाम लोक संस्कृतिमा धनि भयर पनि लोप हुन लागेका कला संस्कृति जगेर्ना गर्न अछामका सबै स्थानिय तहले जुट्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा चौरपाटि गाँउपालिका वार्ड नम्बर एक सिउडीको पुतला नाच, न्याउले, पर्छो वार्ड नम्बर दुई सोकटको न्याउले खेल, वार्ड नम्बर तिनको दोहोरी देउडा, वार्ड नम्बर चार पायलको न्याउले खेल, वार्ड नम्बर पाँचको होलि प्रद्र्धशन गरियका छन ।

यसै गरि वार्ड नम्बर छ को भुवोनाच, वार्ड नम्बर सातको न्याउले खेल प्रद्र्धशन गरियका छन । कार्यक्रममा अन्य स्थानिय कलाकार हरुले साँस्कृतिक झलक समेत प्रस्तुत गरेका छन । जिल्लामा थुपै कला संस्कृति भयर पनी पछिल्लो समय चौरपाटि गाँउपालिकाले संस्कृति पहिचान गर्न साँस्कृतिक उत्सब कार्यक्रमको आयोजना गरेको गाँउपालिका अध्यक्ष हर्क बहादुर साँउदले बताउनु भयो ।

 

आर्थिक वर्ष: