FAQs Complain Problems

समाचार

शान्ति सुरक्षा,बिपत ब्यबस्थापन लागू औसध नियन्त्रणका बारेमा चौरपाटीमा छलफल

राजेन्द्र कुवर साउन २६ अछाम

चौरपाटीगाउँ पालिकामा आज शान्ति सुरक्षा,बिपत ब्यबस्थापन लागू औसध नियन्त्रणका अवस्थाका बारेमा जानकारी लिने उदेश्यका विषयमा आज बैठक सप्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले समाजमा भएका सबै बिकृतिलाइ नियन्त्रण गर्न प्रहरी प्रशासनको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।

चौरपाटी गाउँ पालिकामा देखिएका बिकृतिलाइ पहिचान गरेर नियन्त्रण गरि सभ्य र समुन्न्त समाज निर्माणको अभियान लाई सफल पार्न आम नागरिकले प्रहरी प्रशासन लाई सहयोग गर्नु पर्ने अध्यक्ष साउदले बताउनु भयो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा लगाएतले बोल्नु भएको थियो । आज चौरपाटी गाउँ पालिकामा भएको बैठकमा गाउँ पालिका भरिको बिपतको अवस्था शान्ती सुरक्षा र लागू

औसधिको बारेमा जानकारी गराउनका साथै नियन्त्रणका बिधिका बारेमा जानकारी गराउनु भएको थियोे ।
प्रमुख जिल्ला अधिकारी भोजरा श्रेष्ठको अध्यक्षतामा भएको बैठक अछामका प्रहरी प्रमुख जनक बहादुर शाही लगाएतको उपस्थिति रहेकोे थियोे ।

आर्थिक वर्ष: