समाचार
चौरपाटी गाउँ कार्यपालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
राजेन्द्र कुवर साउन ०२ अछाम
चौरपाटी गाउँ पालिका गाउँ कार्यपालिकाको आर्थिक बर्ष ०७६/७७ पहिलो बैठक आज विभिन्न निर्ण्य गर्दै सम्पन्न भएको छ । गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षता भएको बैठकमा जलबायु परिवर्तनका कारण पानी मुहान सुक्दै गए पछि गाउँ पालिकाले रिचार्ज पोखरिलाइ अभियान साउन ७ गते देखि ९ गते सम्म संचालन गरीने गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनु भयो ।
अछाम जिल्लाका विभिन्न स्थानीय तहले खानेपानीको अभाव भए पछि डिपबोरिङ्ग गरेर पानी निकाली रहेको समयमा चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरीलाई अभियानको रूपमा अगाडि बढाउन लागेको अध्यक्ष साउदले बताउनु भयो ।
चौरपाटी गाउँ पालिकाले साउन महिना भित्र ७ वटा वडामा तीन दिन सम्म रिचार्ज पोखरी निर्माणको अभियानमा सामुदायिक बन उपभोक्ता समिती सहकारी संस्था दलित महिला संजाल बाल कल्ब युवा संजाल बिकास साझेदार संस्था सबै सरकारी कर्मचारीले भाग लिइ सहयोग गर्न आग्रह गर्ने, निर्णय गरेको छ ।
बैठकले विभिन्न कार्यालयले प्रदान गर्ने सेवालाई प्रभावकारि बनाउनका लागि अनुगमनलाई तिब्रताका साथ अगाडि बढाउन लागेको प्रशासकीय अधिकृत गणेश प्रसाद ढुगानाले बताउनु भयो । चौरपाटी गाउ पालिका आर्थिक बर्ष ७५/ ७६ मा गरेको सम्पुर्ण भौतिक पुर्बाधार र कार्यक्रमको साउनको पहिलो हप्तामा समिक्षा गर्ने निर्ण्य भएको स्वास्थ संयोजक धनबहादुर थापाले बताउनु भयो ।