समाचार
शिरोमणि लेखनाथ आधारभुत बिधालयको भौतिक शैक्षिक अवस्थाको अनुगमन
राजेन्द्र कुवँर
चौरपाटी गाउपालिका वडा नम्बर १ सिउडी शिरोमणि लेखनाथ आधारभुत बिधालयको भौतिक शैक्षिक अवस्थाको अनुगमन गरियो । शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको नेतृत्वमा अनुगमन गरेको थियोे ।
अनुगमनको क्रममा अध्यक्ष साउदले बिधालयका अभिभावक शिक्षक बिद्यार्थी संग अन्तरक्रिया गरेको थियोे । अन्तरक्रियामा बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले पिछडिएको गाउँ बस्तिको बिकासका लागि आफू निरंन्तर लागि रहनका साथै गाउँ पालिका योजनाहरु पनि त्यसै अनुसार अगाडी बढाउने बताउनु भयो ।
गाउ बस्तिको बिकासका लागि शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने भएको बताउदै अध्यक्ष साउदले सबै बालबालिकालाई बिधालय पठाइ दिन अभिभावकलाई आग्रह गर्नु भयो । बिधालयको भौतिक पुर्बाधार र शैक्षिक अवस्थाका बारेमा शिक्षक पुश्पकुमर शाहले जानकारी गराउनु भएको थियोे ।