FAQs Complain Problems

समाचार

पूर्ण सरसफाई अभियान लाई सफल पार्न सबैकाे आवश्यक्ता रहेको : अध्यक्ष साउँद

पौष, ०५ अछाम

चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले पूर्ण सरसफाई अभियानलाई सफल पार्न बौद्विक ब्यक्तिले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । आज चौरपाटीमा आयोजित पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणाका लागि चौरपाटीका शिक्षकहरु सँगको आम भेलामा वोल्दै अध्यक्ष साउदले समाज परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षकहरुले सरसफाई अभियानलाई आफ्नो बिद्यालयबाट सुरुवात गर्नु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष साउदले समुदायको अगुवाका रुपमा परिचित शिक्षकहरुले आ ( आफ्ना समुदायमा आर्थिक बर्ष २०७६र७७ भित्र सरसफाई मुक्त गाउँपालिका लागि सहयोग गर्नु पर्ने बताउनु भयो । अध्यक्ष साउदले पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणका लागि राजनितिक दल, कर्मचारी, समाजसेवि बुद्धिजिवि सँग समेत छलफल गर्ने बताउनु भयो ।

चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकालाई पूर्ण सरसफाईका सुचक बारे छलफल गरिएको थियो । सरकारले २०३० भित्र नेपाललाई शत प्रतिशत पूर्ण सरसफाई उन्मुख बनाउने उद्वेश्यले अनुरुप चौरपाटी गाउँपालिकाले पनि अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

पूर्ण सरसफाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी, वडा नं १ का अध्यक्ष सालिभान साउद, शिक्षक महासँघ जिल्ला अध्यक्ष दिप बहादुर कुँवर, शिक्षक महासँघ चौरपाटी गा.पा. अध्यक्ष बम बहादुर शाह, नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँपालिका अध्यक्ष टंक प्रसाद जोशी, नेपाल शिक्षक संघका चौरपाटीका सचिव देव बहादुर साउद लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका सात वटै वडाका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण सेवक नेपाल सुआहारा परियोजनाको जिल्ला संयोजक लोक बहादुर नेपालीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य सह संयोजक कमल साउदले गर्नु भएको एम आई एस अपरेटर कालू बोहराले जानकारी दिनु भयो ।

आर्थिक वर्ष: