समाचार
गाउँपालिकालाई आगामी आर्थिक बर्ष देखि सम्पती करको दायरामा ल्याईने : अध्यक्ष साउद
राजेन्द्र कुवर, पौष ८,अछाम
चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले आगामी साउन महिना देखि गाउँपालिकालाई सम्पती करको दायरामा ल्याईने बताउनु भयो । आज चौरपाटीमा सम्पती कर सम्बन्धि तिन दिने तालिमको समापन कार्यक्रममा वोल्दै अध्यक्ष साउदले समृद्ध गाउँपालिका निर्माणका लागि करको दायरामा ल्याईने बताउनु भयो ।
अध्यक्ष साउदले गाउँपालिकालाई करको दायरामा ल्याउनका लागि जनप्रतिनिधी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने हुदाँ सहयोग गर्न आग्रह गर्नु भयो । तिन दिन सम्म सञ्चालन भएको तालिमको सहजिकरण पोखरा प्रशिक्षक निर्देशक हरीकृष्ण कोईराला, प्रशिक्षक टापेन्द्र रिजाल, सम्पति कर विज्ञ ऋषिराम पाण्डेले गर्नु भएको थियो ।
स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान, ग्रामिण विकास प्रशिक्षण केन्द्र डोटी र चौरपाटी गाउँपालिकाका आयोजनामा जनप्रतिनिधी र कर्मचारीहरुलाई सम्पत्ती कर सम्बन्धी तालिमको आयोजना गरिएको थियो । तालिममा गाउँपालिका उपाध्यक्ष माया कुँवर,
प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैशी ढुंगाना, सात वटै वडाका अध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु, चौरपाटी गाउँपालिका अन्तरगतका विषयगत शाखाका प्रमुख, वडा सहायक लगायतको सहभागिता रहेको छ । तालिम पौष ६ गते बाट सञ्चालन भएको थियो ।