समाचार
तालिममा सिकेको सिपलाइ जीवन उपयोगी बनाउन अध्यक्ष साउदको आग्रह
राजेन्द्र कुँवर ।युवा रास्ट्रका सान,दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ ओल्गापुरी व्यावसायिक बिधालयको सातौ दिक्षन्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले तालिममा सिकेको सिपलाइ जीवन उपयोगी बनाउन तालिमका सहभागी प्रशिक्षर्थिलाइ आग्रह गर्नु भयो ।
चौरपाटी गाउँ पालिकाको चाहाना ,युवालाई स्वरोजगार बनाउने कामना भन्ने नारालाइ सहयोग गर्नु भएकोमा ओल्गापुरि व्यावसायिक बिधालयलाई बिशेश धन्यवाद दिदै अध्यक्ष साउदले रोजगारमुलक र व्यावसायिक तालिम युवाहरु स्वरोजगार भए पछि मात्रै समृध मुलुक #बन्ने भएकोले गाउँ पालिका युवा मैत्री भएको चर्चा गर्नु भयो । दिक्षन्त समारोहमा बोल्दै चौरपाटी गाउँ पालिकाका निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापाले समाज परिवर्तनका बहाक युवा भएकोले स्थानीय स्तरमै स्वरोजगार बन्न तालिमका सहभागीलाई आग्रह गर्नु भयो ।ओल्गापुरी व्यावसायिक बिधालयका प्रधानाध्यापक अरुणदेब भट्टराईको अध्यक्षतामा भएको समारोहमा ब्यबस्थापक मदन खड्काले स्वागत र मैयाँ रोकायाले संचालन गर्नु भएको थियो ।
युवाहरूलाई बिधालयमा ३ महिना सम्म सिकाइएको सीप र ज्ञनको बारेमा बिधुतिकरणका मुख्य प्रशिक्षक मन्धिरा भण्डारीले जानकारी गराउनु भएको थियोे ।सातौ समुहमा विभिन्न जिल्लाका विभिन्न बिधामा ८२ जना बिद्यार्थी ३ महिना सम्म तालिम लिएका थिए त्यस मध्य ५८ जना अछाम जिल्ला चौरपाटी गाउँ पालिका र साफे बगर नगर पालिकाका युवाहरू सहभागी रहेका थिए ।नेपाल युथ फाउन्डेसन र ओल्गापुरी व्यावसायिक बिधालयले बिगत २ बर्ष देखि युवाहरूलाई विभिन्न व्यावसायिक तालीम करिब ५ सय५० जनालाइ दिदै आएको ब्यबस्थापक रेश्मी काफ्लेले जानकारी दिनु भयो ।